दफा २०२
मुलतबी रहेको मुद्दा जगाउने

(१) दफा २०१ बमोजिम मुलतबी राखिएको मुद्दा जगाई कारबाही गर्नु पर्ने भएमा मुद्दाको कुनै पक्षले त्यसको आधार रकारण खुलाई अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको निवेदनको व्यहोरा मनासिब देखिएमा अदालतले निवेदन माग बमोजिम मुलतबी रहेको मुद्दाजगाई सुनुवाई गर्नु पर्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अर्को अदालतमा विचाराधीन रहेको मुद्दाको निर्णय भएकोजानकारी प्राप्त भएमा वा मुद्दा मुलतबी राखी राख्नु पर्ने कुनै कारण नदेखिएमा अदालतले मुलतवी रहेको मुद्दातुरुन्त जगाई कारबाही गर्नु पर्नेछ ।
(४) अदालतले मुद्दा मुलतबी राख्दा तारिखमा रहेका पक्षलाई तारिख टुटाई दिनु पर्नेछ ।
(५) अदालतले मुलतबी जगाउँदा मुद्दा मुलतवी रहँदाका बखत तारिखमा रहेका पक्षहरूलाई सात दिनको म्याद दिई झिकाईमुद्दामा कारबाही गर्नु पर्नेछ ।